Section 22
फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको आर्थिक, सामाजिक विकास तथा वातावरण संरक्षण सम्बन्धी व्यवस्था
(१) स्थानीय तहले फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रको आर्थिक, सामाजिक, भौतिक विकास तथा वातावरण संरक्षणको गुरुयोजना बनाई सो योजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रम बनाई कार्यान्वयन गर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि स्थानीय तहले मूलतः देहायका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न सक्नेछः–
(क) सडक निर्माण, विद्युत आपूर्ति, खानेपानी तथा ढल निकास, सरसफाई र वातावरण संरक्षण,
(ख) विद्यालय र स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
(ग) फोहरमैला व्यवस्थापन स्थल प्रभावित क्षेत्रका आर्थिक रुपले विपन्न तथा सामाजिक रुपले पिछडिएका वर्गको उत्थान तथा विकासको लागि आवश्यक कार्यक्रम ।
(३) स्थानीय तहले सम्बन्धित समुदायस“ग परामर्श गरी उपदफा (१) बमोजिम योजना तर्जुमा वा उपदफा (२) बमोजिम कार्यक्रमको छनौट गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम प्रभावित क्षेत्रको लागि तर्जुमा गरिएको कार्यक्रमको कार्यान्वयन गर्दा स्थानीय समुदायको सहभागिता रहने गरी गर्नु पर्नेछ ।
(५) फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा वा सोको लागि कुनै कार्यक्रम कार्यान्वयन गर्दा वातावरण संरक्षण सम्बन्धी प्रचलित कानूनले तोकेको मापदण्डको अनुकूल हुने गरी गर्नु पर्नेछ ।
(६) फोहरमैलाको व्यवस्थापन स्थलको कारणले गम्भीर प्रभावित क्षेत्र र प्रभावित क्षेत्रको आर्थिक तथा सामाजिक विकास एवं वातावरण संरक्षणमा सुझाव दिन स्थानीय स्तरमा तोकिए बमोजिमको समिति गठन गर्न सकिनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “गम्भीर प्रभावित क्षेत्र” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको क्षेत्रलाई सम्झनु पर्छ ।